+
Search

ताजा अपडेट +

पपुलर +

भोजपुर खेलकुद विकास समितिको अध्यक्षमा शेर्पा

कोशी खबर
२०७८ चैत्र २९, मंगलवार २३:४३

भाेजपुर । खेलकुद विकास समिति भोजपुरको अध्यक्षमा दावा शेर्पा मनोनीत भएका छ्न् । प्रदेश खेलकुद विकास समितिको गत चैत्र २४ गतेको निर्णय अनुसार प्रदेश खेलकुद ऐन २०७६ को दफा १६ को उपदफा २ को खण्ड (क) बमोजिम समितिको अध्यक्ष पदमा शेर्पालाई मनोनित गरिएको हो।
अध्यक्ष शेर्पाले खेलकुदमा निकै चासो राख्ने र खेलकुद क्षेत्रलाई निकै नजिकबाट नियाल्ने गरेकाले जिल्लाको समग्र खेलकुदलाई विस्तार, बिकास तथा प्रवर्द्धनका निम्ति लागि उनको कार्यकाल भित्र निरन्तर डटिरहने अपक्षा प्रदेश खेलकुद बोर्डले गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर