+
Search

ताजा अपडेट +

पपुलर +

रामप्रसाद राई गाउँपालिकामा जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारी बर्खस्ता हुने

कोशी खबर
२०७८ माघ १५, शनिबार १४:२८

भोजपुर । रामप्रसादराई गाउँपालिकाले जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारीलाई बरखास्त गर्ने निर्णय गरेको छ ।गाउँपालिकाको शनिबार वसेको विशेष गाउँसभाको वैठकले उक्त निर्णय गरेको हो ।
विशेष गाउँसभाकोृ वैठकले सेवा प्रवाहको समिक्षा, राहत वितरण, शिक्षा योजना, स्थानीय सरकारी सेवा संचालन, वेरूजु सम्परीक्षण, मानेभन्ज्याङ लिफ्ट खानेपानी व्यवस्थापन, ओख्रे स्वास्थ्य चौकी भवन निर्माण, कार्यपालिकाको निर्णय अनुमोदन, नदीजन्य पदार्थ उत्खनन, करार सेवामा कर्मचारी व्यवस्थापन, कोरोना महामारी व्यवस्थापन तथा नियन्त्रण, LISA को नतिजा अनुमोदन, स्वास्थ्य संस्थाको लेखपरीक्षण, रकमान्तर लगायतको विषयमा निर्णय गरेको गाउँपालिका अध्यक्ष विजय राईले बताए । उल्लेखित निर्णयहरू गाउँपालिकाको वेभसाइट मार्फत सार्वजनिक भै सकेको छ । रामप्रसादराई गाउँपालिका भोजपुरको ९औ गाउँसभा सम्पन्न भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर