+
Search

ताजा अपडेट +

पपुलर +

ईर्खुवा हाईड्रो पावरबाट वाढीले बगाएको मजदुर सतीघाटमा मृत भेटिए, एक जना अझै वेपत्ता

कोशी खबर
२०८१ श्रावण १६, बुधबार ०५:४४

भोजपुर । अविरल वर्षका कारण ईर्खुवा खोलामा आएको वाढिले बगाएको दुई जना मजदुर मध्ये एक जना मृत भेटिएको छ । गएराती इर्खुवा खोलामा बाढिले सुतीरहेको मजुदर बगाएको बर्दिया बारा बर्दिया नगरपालिका–५ का रमेश थारुको शव षडानन्द नगरपालीका–६ सतिघाट स्थित अरुण नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर दिपक श्रेष्ठले जानकारी दिए ।
हाईडोबाट करिव ३६ किलोमिटर तल हो । उनीसंगै बाढीले बगाएका बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्याम कुमार थारु अझै वेपत्ता रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको र शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

त्यस्तै, भीषणले वर्षाको बाढीले लंखुवा, नागदह आसपासको बस्तिमा पनि ठूलो क्षति पुगेको छ । नागदहमा सीता राई र चित्रबहादुर दर्जीको २ घर पुर्णरुपले बगाएको छ । सीता राईलाई पुरिएको अवस्थाबाट स्थानीयले उद्धार गरेका ‍थिए । बाढीले झोलुङ्गे पुल, सडक पुलहरु र लघु जलविद्युतमा पनि क्षति पुगेको छ । उद्दारमा स्थानीय, सुरक्षाकर्मी, प्रशासन, स्थानीय पालिकाहरु लागायतको सहयोगमा थप उद्दार, खोजीकार्य जारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर