+
Search

ताजा अपडेट +

पपुलर +

षडानन्द गुठीको रकम हिनामिना  भएको छैन, अध्यक्ष  पाैडेल

कोशी खबर
२०८१ श्रावण १७, बिहीबार १३:२९

भोजपुर । षडानन्द सीताराम गुठीको रकम हिनामिना नभएको भन्दै अध्यक्षद्धारा प्रेस विज्ञप्ति सार्वजानिक भएको छ । षडानन्द सीतारा गुठीमा अध्यक्षले २ लाख ५० हजार रकम हिनामिना गरेको भनि केहि समय अगाडी अनलाईन मिडियाहरुमा समाचार सार्वजानिक भएको थियो । अध्यक्ष कृष्ण प्रसाद पौडेलले मिति २०८१ श्रावण १७ गते साँझ आफ्नो फेसबुक अकाउण्टबाट प्रेस विज्ञप्ति सार्वजानिक गरेका छन् ।

पौडेलले प्रेस विज्ञप्ति सार्वजानिक गर्दै गुठीमा भएको चल अचल सम्पत्ति हिनामिना अहिलेसम्म भएको छैन । आफु अध्यक्ष भएदेखि गुठीको भौतिक विकाससंगै अन्य विकासको लागि पहल गर्दै रचनात्मक कार्यमा अगाडी बढेको अवस्थामा आफ्नो चरित्र हत्या गर्ने उदेश्यले फर्जि कागत जम्मा गरेर समाचार सम्प्रेषण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संस्थामा भएको चल तथा अचल सम्पत्ति वा रकम एक पैसा पनि हिनामिना नभएको र संस्थाको सम्पुर्ण विवरण सार्वजानिक गर्न समेत तत्पर रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचारको आरोप लगाउँदै कानुन हातमा लिएर आफ्नो मान प्रतिष्ठामा आँच पु¥याउने गरि गलत समाचार सम्प्रेषण गर्ने सोसल मिडियाहरुलाई कानुनी कार्वाहीको माग समेत प्रेस विज्ञप्तिमा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर