+
Search

ताजा अपडेट +

पपुलर +

खाँदबारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन

कोशी खबर
२०८१ फाल्गुन २६, सोमबार ०७:४३

भोजपुर । संखुवासभाकाे खाँदबारी नगरपालिकामा फागुन ६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। निमित्त प्रमुख प्रशाकिय अधिकृतको भरमा रहेको खाँदबारी शुक्रबार निमित्त पनि नहुँदा निमित्त प्रमुख प्रशासकिय अधिकृतविहीन बन्यो। २०८१ मंसिर ९ गते खाँदबारी नगरपालिका आएका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का फागुन ६ गते सरुवा भएर। प्रमुख प्रशासकीय अधिकृत खड्का सरुवा भएर गएपछि स्वास्थ्य शाखा प्रमुख दिलिप श्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको कार्यवहाक मेयर देवबहादुर पुंवार मगरले बताए।

मेयर, प्रमुख प्रशाकीय कार्यालयमा नभएको समयमा अधिकांश कर्मचारीहरू कार्यकक्षमा नभेटिने गरेको सेवाग्राहीहरूको गुनासो रहेको छ।

तर, निमित्त श्रेष्ठ शुक्रबार स्थास्थ्यको तालिमका लागि चैनपुर गए। शुक्रबार नगरपालिकाका छैटौं अधिकृत राजकुमार राईलाई निमित्तको जिम्मेवारी दिएको पत्र कार्यालयमा छोडेर गएको श्रेष्ठले बताए। तर, निमित्तको जिम्मेवारी दिइएका भनिएका राईले भने, ‘म बिरामी भएकाले शुक्रबार कार्यालय जान सकिन दिउँसो मात्रै तपाईंलाई निमित्तको जिम्मेवारी दिएको पत्र कार्यालयमा छ भन्ने जानकारी आयो।’ बिहीबार नै निमित्त दिएको जानकारी दिएको भए बिरामी अवस्थामा नै भए पनि कार्यालय जाने थिए, राईले भने।
निमित्तको जिम्मेवारी छोड्ने श्रेष्ठले भन्छन्, ‘म तालिममा जानुपर्ने भएकाले निमित्तको पत्र बनाएर कार्यालयमा छोडेको थिए।’ शुक्रबार कार्यालय पुगेपछि थाहा पाउनु हुन्छ होला भनेको थिए, तर उहाँ पनि बिरामी भएर कार्यालय जानुभएन छ। ‘उनले म बिरामी छु कार्यालय आउन सक्दिनँ भनेको भए अरूलाई नै जिम्मेवारी दिएर जाने थिए,’ श्रेष्ठले भने। निमित्त नभए पनि नगरपालिकको कुनै पनि काम नरोकीएको श्रेष्ठले बताए।
निमित्त प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको खाँदबारी नगरपालिकाको अधिकांश शाखा तथा उपशाखामा शुक्रबार कर्मचारीविहीन बनेको थियो। मेयर, प्रमुख प्रशाकीय कार्यालयमा नभएको समयमा अधिकांश कर्मचारीहरू कार्यकक्षमा नभेटिने गरेको सेवाग्राहीहरूको गुनासो रहेको छ।
प्रमुख प्रशासकीय अधिकृत नै नभएका कारण आर्थिक कार्य रोकिएको तर अन्य कार्यमा भने खासै समस्या नभएको कार्यवहाक मेयर देवबहादुर पुंवार मगरले बताए। प्रमुख प्रशासकीय अधिकृत नएपछि सेवाग्राहीहरू पनि कम आउने गरेको मगरको भनाइ छ। तर, प्रमुख प्रशासकीय अधिकृत नभई नहुने कामबाहेक अन्य काममा भने समस्या नभएको उनले बताए। शुक्रबार कार्यालयको केही शाखाहरूमा कर्मचारीहरू नभेटिएको कार्यवहाक मेयरले बताए। अधिकांश शाखा प्रमुखहरू भारत भ्रमणमा रहेको र केही तालिम तथा विदामा रहेकाले कर्मचारी कम भएको उनको भनाइ छ।
खाँदबारीका मयेर महेश थपलिया सहितको कर्मचारी टोली फागुन १४ देखि २४ गतेसम्मका लागि भारतको हैदरावाद भ्रमणमा निस्किनको छ। भ्र्रमण टोलीमा सामाजिक विकास शाखाका प्रमुख खेम निरौला, सूचना प्रविधि शाखा प्रमुख दिनेश कट्टेल, आर्थिक प्रशासन शाखाका प्रमुख रुद्रमणी श्रेष्ठ, गुनासो सुनुवाइ अधिकृत लवहाङ राई, शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरे, मेयर थपलियाका सचिवालयका कर्मचारी गोकुल खनाल छन्। भ्रणमा फागुन ६ गते नै सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का समेत सहभागि छन्। खाँदबारी नगरपालिकाको अनुरोधमा भारतीय दूतावासको सहजीकरण र सहयोगमा हैदराबादमा ‘एग्रीकल्चर, हर्टीकल्चर र टुरिज्मसँग सम्बन्धित कार्यक्रम खाँदबारीको टोली गएको हो।

खाँदबारीमा एक वर्ष नपुग्दै ४ प्रमुख प्रशासकीय अधिकृत
खाँदबारी नगरपालिकामा एक वर्ष पूरा नहुँदै ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। २०८१ मा खाँदबारीले ५ जना प्रमुख प्रशासकिय अधिकृत पाउने भएको छ। यस वर्ष पूरा नहुँदै निर्माणकुमार कार्की, दीपकमणि घिमिरे, रामदत भट्ट भक्तबाहादुर खड्काले खाँदबारीको प्रमुख प्रशासकीको भई सकेका छन्। अब नयाँ प्रमुख प्रशासकिय अधिकृत आउने तयारी छन्। गत भदौ ५ गते आए प्रमुख प्रशासकीय अधिकृत भट्ट कात्तिक १२ सम्म मात्रै खाँदबादरी बसे। पछिल्लो पटक २०८१ मंसिर ९ गते आएका प्रमुख प्रशासकीय अधिकृत खड्का फागुन ६ सम्म मात्रै खाँदबारीमा काम गरे। उनी ललितपुर सरुवा भए। खाँदबारीमा लामो समय प्रमुख प्रशासकीय अधिकृत नटिक्ने पुरानै रोग हो।
प्रमुख प्रशासकीय अधिकृत संघीय सेवाबाट आउने हुँदा पालिकामा प्रमुख प्रशासकीय अधिकृतले एक्लो महसुस गर्ने गर्छन्। किनभने नेपालीका वर्षौंदेखि जरागाडेर बसेका बसेका कर्मचारीहरू सँग काम गर्न हुने गरेको प्रमुख प्रशासकीय अधिकृतहरू बताउँछन्। स्थानीय कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतको विपक्षमा कुरा ल्याउन थालेपछि मेयर तथा जनप्रतिधिहरूले पनि प्रमुख प्रशासकीय अधिकृतलाई सहयोग कम हुँदै जाने गरेको छ। स्थानीय कर्मचारीको बाहुल्य रहेको यस नगरपालिकामा मतहतको कर्मचरीहरूसँगको असमजदारी तथा राजनीतिक टकारवका कारण लामो समय कर्मचारी टिक्न सक्दैनन्। आफु अनुकूल प्रमुख प्रशासकीय अधिकृत नभएपछि जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको प्रयास सुरु गर्ने गर्छन्। प्रमुख प्रशासकीय अधिकृत पनि अनावश्यक दवाव बढेपछि खाँदबारी बस्छन्।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना सम्झौता र भुक्तानीमा समस्या हुने गरेको छ। सरुवा भएपछि तत्काल अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा मेयर र कर्मचारी प्रमुख प्रशासकीय अधिकृत माग्दै मन्त्रालय धाउनुपर्ने बाध्यता छ। वर्ष दिन नपुग्दै ५ वटा प्रमुख प्रशासकीय अधिकृत फेर्नु परेपछि आफू अनुकूल प्रमुख प्रशासकीय अधिकृत ल्याउन चर्को पर्ने गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर