+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश १ का मुख्यमन्त्रीलाई वाणिज्य सङ्घको पाँच बुँदे मागपत्र

कोशी खबर
२०७८ चैत्र ७, सोमबार ११:२९

भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई जिल्लाको विकासको विकासको योजनाको लागि उद्योग वाणिज्य सङ्घ भोजपुरले मागपत्र बुझाएको छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन भोजपुर आएका मुख्यमन्त्री राईलाई वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष ध्रुवलाल श्रेष्ठ र महासचिव नवीन प्रधानले पाँच बुँदे योजनाको मागपत्र बुझाएका हुन् । विकास निर्माण सवालहरू समेटेर मुख्यमन्त्रीलाई वाणिज्य सङ्घको तर्फबाट योजना मागपत्र बुझाएको महासचिव प्रधानले बताए ।

उद्योग वाणिज्य सङ्घले बुझाएको योजना मागपत्रमा जिल्लाका यातायात व्यवसायी तथा सवारीचालक अनुमतिपत्र लिएका–नलिएका नागरिकलाई समस्या भएको भन्दै जिल्लामा नै यातायात व्यवस्था कार्यालय स्थापना गर्न, जिल्ला उत्तर दिङला जोड्ने मोटर बाटो पिच, भोजपुरबाट जिल्लाको दक्षिणी क्षेत्र घोडेटार हुँदै धरान जोड्ने मोटर बाटो पिच हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै अन्य मागहरूमा पर्यटन पूर्वाधारको आयोजना, कृषि विकास कार्यक्रम, राजस्व तथा कर शिक्षासम्वन्धी कार्यक्रमहरू उद्योग वाणिज्य सङ्घमार्फत सञ्चालन गर्दा प्रभावकारी हुने भएकाले सो कार्यक्रमहरू पारित गरिदिन जिल्ला सदरमुकाम जोड्ने सडकहरू स्तरउन्नति गर्न माग गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर