+
Search

ताजा अपडेट +

पपुलर +

भाेजपुरकी एक युवती कैलालीकाे हाेटलमा मृत भेटियाे

कोशी खबर
२०७९ बैशाख १८, आईतवार ०३:४८

कैलाली । भाेजपुरकी राेशनी राई कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार शनिवार दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हुन्।

उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेको उपाध्यायले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर